जोगियो मुख्यमन्त्री जम्मरकट्टेलको कुर्सी - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

जोगियो मुख्यमन्त्री जम्मरकट्टेलको कुर्सी



बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत माग्ने भएका छन्।

बुधबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको थियो। आज बैठक अपराह्न १ बजे बस्नेछ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि फेरि विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसभित्र विश्वासको मत दिने कि नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो।

नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने देखिएको छ। यससँगै जमरकट्टेलको कुर्सी जोगिने भएको छ ।