के गगन थापा प्रधानमन्त्री बन्न लागेका हुन् ? - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

के गगन थापा प्रधानमन्त्री बन्न लागेका हुन् ?



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सूरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकि भन्ने आभास भइरहेको बताएका हुन्।

अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए।

प्रधानमन्त्री नआउनु भएको हुनाले आज अन्तिम वक्ता भए, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो।