पाल्हीनन्दनमा आगो लाग्दा लाखौंको क्षती - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

पाल्हीनन्दनमा आगो लाग्दा लाखौंको क्षती



रंजीत शर्मा/नवलपरासी

पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउपालिका वडा नं २ हरपुरमा आगो लाग्दा लाखौंको क्षती भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ बस्ने भगवति केवटको घरमा आगो लागेको हो। चुलोमा खाना फकाएर राम्रोसंग आगो ननिभाउनले आगो लागेको स्थानियहरुले बताएका छन्।

आगो लाग्दा लाखौंको काठ,लगभग १० क्विन्टल चामल गहुँ, दर्जन जति कपडा, विभिन्न कागजात जलेर नष्ट भएको छ।
आगलागी भयपछि स्थानीय बासी, सशस्त्र प्रहरी बल हरपुर, ईलाका प्रहरी कार्यालय पिपरहावाको सहयाेगमा आगो नियन्त्रण लिईएको थियो ।

पाल्हीनन्दन गाउँपालिकामा आफ्नो दमकल नहुँदा छिमेकी पालिका रामग्राम नगरपालिकाको दमकलले सहयाेग गरेको थियो। आगो लाग्ने ठाउँको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।