एमालेको सचिवालय बैठक बस्दै, "बोल्ड" निर्णयको तयारी - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

एमालेको सचिवालय बैठक बस्दै, “बोल्ड” निर्णयको तयारी



एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो। आज बैठकले राष्ट्रपतिमा एमालेको उम्मेद्वारी रहने नरहने र सरकारबारे पनि ठोस निर्णय हुनेछ।

आज राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी दर्ता हुनेछ। तर शुक्रबारै आठ दलिय नयाँ गठबन्धन बनेको छ। सो गठबन्धनले नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने सहमति भइसकेकोले अब एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने या नदिने भन्ने विषयमा निर्णय गर्नेछ।

यस्तै सत्ता गठबन्धन टुटेको अवस्थामा सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ। एमालेले आफ्नोे उम्मेदवारलाई राष्ट्रपटि बनाउनु पर्ने अडान राखेपछि सत्ता गठबन्धन टुटेको थियो।

यद्यपी सरकारमा सहभागी मुख्य दलहरु एमाले, राप्रपा र रास्वपाले सरकारमा बस्ने नबस्नेबारे निर्णय गरेका छैनन्।