समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरियो राप्रपा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरियो राप्रपा



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिने निर्णय गरेको छ।

शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

राप्रपा प्रवक्ता श्रेष्ठले भने, “परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं।”