माधव नेपाललाई राष्ट्रपति बनाउनेबारे बालुवाटारमा तीन दलको छलफल - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

माधव नेपाललाई राष्ट्रपति बनाउनेबारे बालुवाटारमा तीन दलको छलफल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सचेतक प्रकाश ज्वालाले राष्ट्रिय सहमति भए पार्टी अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उमेदवार हुने बताएका छन् ।

सिंहदरबारमा भएको नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकपछि उनले राष्ट्रिय सहमति भएमात्रै अध्यक्ष नेपाल राष्ट्रपतिको उमेदवार हुने बताएका हुन् ।

“राष्ट्रिय सहमतिकै उमेदवार हाम्रो पार्टीका अध्यक्ष वा हाम्रो पार्टीलाई प्राप्त भयो भने अस्वीकार गर्ने कुरा भएन,” उनले भने, “राष्ट्रपतिमा अध्यक्षलाई अघि सार्ने दाबी अनुरोध भएको छ ।”

नेकपा ब्यूताउँने वा पुरानो गठबन्धन ब्यूँताउनेबारे ठोस कुरा नभएको उनले बताए ।