रामग्रामका मेयर धनपतका भाइको मिलोमतोमा काठको अवैध तस्करी - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

रामग्रामका मेयर धनपतका भाइको मिलोमतोमा काठको अवैध तस्करी



नवलपरासी-
पश्चिम नवलपरासीमा अवैध काठको तस्कारी दिन प्रतिदिन बढ्दै गएको छ। हिजोमात्र रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी गर्दा पुलिसले नियन्त्रणमा लिएको छ।

वन डिभिजन कार्यालय पश्चिम नवलपरासीसँगै कुनै किसिमको अनुमति नलिएको बताएको छ। रामग्राम नगरपालिका वार्ड नं ०१ पर्ने १४ कट्टा जग्गामा रहेको जंगलमा मेयर धनपत यादव र वार्ड अध्यक्ष रुद्र प्रकाश उपाध्यायको मिलोमतोमा उक्त काठको अवैध तस्करी भइरहेको स्थानियले बताएका छन्।

भगवति समिल अर्थात् आरामिल उद्योगको लागि काठ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिले तस्करीमा मेयरका भाइ घनश्याम संलग्न रहेको वताएका थिए।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ५ जना तस्करीमा संलग्न व्यक्ति सहित लु ३ त २०५८ नम्बरको ट्रक्टर नियन्त्रणमा लिएको र यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।