एमालेका ८१ जना नेतामाथि कारबाही सिफारिस - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमालेका ८१ जना नेतामाथि कारबाही सिफारिस



काठमाडौं : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको एमाले प्रदेश कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए।

बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्काशित गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। प्रसाईंले केही दिनअगाडि पूर्व राजा ज्ञानेन्द्र शाहलाई राखेर धर्म र राष्ट्रियता बचाउने अभियान सुरु गरेका थिए।

प्रदेश कमिटीको बैठकमा अनुपस्थित हुने, स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई कारबाहीका लागि सिफारिस गरिएको हो।