चन्द्र भण्डारीको आजै दुई वटा शल्यक्रिया गरिने - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

चन्द्र भण्डारीको आजै दुई वटा शल्यक्रिया गरिने



भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई वटा शल्यक्रिया गरिने भएको छ।

शुक्रबार बिहान बिहान र दिउँसो गरी दुई वटा शल्यक्रिया हुने मुम्बईमै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए। 

नेशनल बर्न सेन्टरका चिकित्सक डा. सुनील केस्वानी, डा. सन्दीप मिस्त्री र डा. अमुलको परामर्श अनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने कँडेलले बताए।

कँडेलका अनुसार‚ भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्।

बुधबार राति खाना पकाउने ग्यास लिक भई भएको आगलागीबाट भण्डारी  उनकी आमा हरिकला घाइते भएका थिए। हरिकलाको उपचारकै क्रममा कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा बिहीबार निधन भएको थियो।

नेता भण्डारीको पनि कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देशबाहिर लैजान सिफारिस गरेको थियो। त्यसैले बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लगिएको हो। भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ। -रासस