गोकुल बास्कोटा भन्छन्- प्रचण्डले मौकामा हिरा फोरे - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

गोकुल बास्कोटा भन्छन्- प्रचण्डले मौकामा हिरा फोरे



काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले सोमबार जनयुद्ध दिवसको नाममा सरकारले सार्वजनिक विदा दिनु ‘मौकामा हिरा फोड्नु’ भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले केही समयअघिसम्म विदा बढी भयो भन्ने प्रधानमन्त्रीले पूर्व देखाएर पश्चिम हान्ने नीति लिएको तर्क गरेका छन्।

अस्तिसम्म विदा बढी भो भन्थे-प्रम पुष्पकमल दहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ।तैं चुप मैं चुप।मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।