सरकारले दिएको बिदा राष्ट्र बैंकले मानेन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सरकारले दिएको बिदा राष्ट्र बैंकले मानेन



काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।

सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

सोमबार बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सहज बनापउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।