राष्ट्रपति एमालेबाटै हुने
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेबाटै हुने बताएका छन् ।
ओलीले आफूहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका हुन्।
संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्वोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले भने ।
उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै व्यक्ति (राष्ट्रपति) हुन्छ । ’