सरकारले दियो दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ४५ रोपनी जग्गाको स्वीकृति - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सरकारले दियो दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ४५ रोपनी जग्गाको स्वीकृति



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, “पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको छ,” उनले भनिन् ।

त्यस्तै, उनले पछिल्लो समय अन्तर्राष्टिय बजारको बाध्यता अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको बताइन् । सरकारले खर्च कटौती गरेर मूल्यवृद्धि कम गर्ने उनको भनाइ छ ।