रवि लामिछाने आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्ने
सर्वोच्चको फैसलाले पदबाट हटेका रवि लामिछानेले आज नै नागरिकता पाएपछि पार्टी सभापति बन्ने भएका छन् ।
सर्वोच्चको फैसलासँगै उनको सभापति पद पनि गएको थियो । हाल कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिइएको छ ।
लामिछाने पुनः नागरिकता लिएर वैधानिक रूपमा उनी पार्टी सभापति बन्ने भएका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार नागरिकता पाउनेबित्तिकै सभापतिको लामिछाने नै आउने छन् ।