नागरिकता लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नागरिकता लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने



सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले आज नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया थाल्ने भएका छन् । उनी नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाने भएका छन्।

नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार आइतबारका लागि नागरिकता लिनका लागि जानेगरी छलफल भइरहेको छ।

शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि तयारी अघि बढाएका हुन्।

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेबारे जिज्ञासा राखेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ। ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ।

अमेरिकी पासपोर्ट र नागरिकता त्यागेको प्रमाण यसअघि नै अध्यागमन विभागमा बुझाएको दाबी गरे पनि सर्वोच्चले त्यसलाई मान्यता नदिएको हो। उनले नागरिकता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमै प्रक्रिया पूरा गर्नु पर्नेछ।