माघिको शुभकामना दिएर जहाज चढेकी थिइन् गायिका निरा छन्त्याल - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

माघिको शुभकामना दिएर जहाज चढेकी थिइन् गायिका निरा छन्त्याल



काठमाडौं- पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्याल पनि परेकी छन्। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा परेको हो।

उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो।अहिलेसम्म निराको अवस्था अज्ञात छ। पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो।

उनले विमान चढ्नुअघि माघे संक्रान्तिको अवसरमा शुभकामना दिएकी थिइन्। माघे संक्रान्तिको शुभकामना दिँदै उनले लेखेकी छन्-‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्मपूर्ण आमाबाबु,दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

माघीको अवसरमा काठमाडौंमा शनिबार एक कार्यक्रममा सहभागी भएकी थिइन् उनी। कार्यक्रमपछि काठमाडौंमा गरेको रमाइलोपछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर समेत पोस्ट गरेकी थिइन्।

सोही अनुरुप उनी बिहान पोखरा जानका लागि यती एयरलाइन्सको विमान चढेकी थिइन्।

विमानमा सवारमध्ये ६८ जनाको शव भेटिएका छन्। ४ जनाको अवस्था अज्ञात छ। दुर्घटनामा २५ महिला,३७ पुरुष,३ बालक र ३ शिशु परेका छन्। विमानमा १५ जना विदेशी नागरिक रहेको पाइएको छ।