अझै पनि दाइहरू खुसी पार्न लाग्यौँ भने कांग्रेस सकिन्छ- गगन थापा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

अझै पनि दाइहरू खुसी पार्न लाग्यौँ भने कांग्रेस सकिन्छ- गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो निर्वाचनबाट पार्टीले समानुपातिक मात्र नभएर प्रत्यक्षतर्फ पनि मत गुमाएको भन्दै अब नयाँ नेतृत्वलाई जिम्मा दिन आह्वान गरेका छन् ।

कांग्रेस नेता गुरु घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धनका दलहरूको मत पाएर पनि जम्मा ५७ सीट जितिएको भन्दै कांग्रेसले नयाँ मतदाता मात्र होइन पुराना मतदाता पनि गुमाएको बताए ।

थापाले भने- हामी अब काम गरेर देखाऊँ, लाखौँ गुमाएको मत पनि कांग्रेसतिर आउँछ । नयाँ मतदाता पनि कांग्रेसतिर आउँछन् । कांग्रेस अब २६,२७ प्रतिशतको होइन ४० प्रतिशतको पार्टी बन्छ । तर सरकार कस्तो चलाउने, चार पाँच दिनमा एउटा काण्ड मच्चाएर रक्षात्मक हुने, अनि तल कार्यकर्ताले संगठन बचाउने सम्भव छैन ।

महामन्त्री थापाले कांग्रेसले यस पटक पाएको मौका गुमाउन नहुने बताए । उनले अब दाईहरू रिसाउँछन् भनेर डरायो भने पार्टी सकिने बताए ।

उनले भने- पार्टीको व्यक्तित्वप्रतिको आकर्षणले पनि पनि काम गर्छ । त्यो एउटा मौका कांग्रेसले पाएको छ । प्रत्येक सदस्यले सोच्ने बेला आएको छ, कुन दाइ रिसाउनुहुन्छ, कसलाई खुसी बनाउने भनेर होइन, पार्टीप्रतिको चिन्ता लिए मनको डर निकालौँ, सही ठाउँमा उभिएर ऐतिहासिक मौकाको प्रयोग गरौँ ।