डा. बाबुरामले लेखे घोषणापत्र, कार्यक्रम नेसपाको, भोट हसिँया हथौडामा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

डा. बाबुरामले लेखे घोषणापत्र, कार्यक्रम नेसपाको, भोट हसिँया हथौडामा



काठमाडौं- उम्मेदवार नै नरहेका डा. बाबुराम भट्टराईले चुनावी घोषणापत्र लेखेका छन् । भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

डा. भट्टराई अध्यक्ष रहेको सो पार्टीले आइतबार दिउँसो ३ बजे नयाँबानेश्वरस्थित अल्फाबिटाबाट घोषणापत्र सार्वजनिक गर्न लागेको बताइएको छ।

भट्टराईले ३२ पृष्ठको घोषणापत्र तयार गरेका छन् । नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको नेपाल समाजवादी पार्टीले गोलाकारभित्रको हसिँया हथौडामै भोट मागेको छ। तर घोषणापत्रमा आफ्नो पार्टीका नीति कार्यक्रम र योजनाहरु समेटेको छ ।

समाजवादीका उम्मेदवारहरुले माओवादीकै चिन्ह लिएर चुनाव लड्दैछन्। तर, अध्यक्ष डा. भट्टराई भने चुनावी मैदानमा छैनन्। प्रतिवद्धतापत्र नाम दिइएको घोषणापत्रको मुल नारा ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ राखिएको छ।