पाप धुरीबाट कराउनेवाला छ - प्रचण्ड - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

पाप धुरीबाट कराउनेवाला छ – प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप धुरीबाट कराउने’ जिकिर गरेका छन्।

पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भन्दै केही कांग्रेसीहरुले अभियान चलाएको सन्दर्भमा उनले त्यसो गरे पाप लाग्ने टिप्पणी पनि गरे।

कास्की क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी दिएका कांग्रेसका महादेव गुरुङले आफ्नो प्रचार अभियानको क्रममा यो पटकको भोट कांग्रेसलाई भन्ने नारा तय गरेका छन्। प्रचण्ड शुक्रबार पोखरामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्दै थिए ।

‘आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाति हुन्छ, गबठन्धनलाई स्वीकार गरौं’,उनले भने, ‘यहाँ हसियाँ हठौडामा भोट हाल्नेले रुखमा र रुखमा भोट हाल्नेले हसिया हठौडामा र कलममा हाल्न गाह्रो भएको सुनेका छौँ,गठबन्धनले गर्दा सबैको चिन्ह स्वीकारेका हौँ ।’

कास्कीको प्रतिनिधिसभाको तीनवटा क्षेत्रमध्ये कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले एक–एक सिट बाँडेका छन् भने प्रदेशमा कांग्रेसले ३ र माओवादीले ३ सिट लिएका छन् ।