एमाले अदालतको सेटिङमा ओलीले जन्माएको पार्टी हो- देवेन्द्र पौडेल
बागलुङ- चुनावी अभियानमा बाग्लुङ पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेमाथि कडा टिप्पणी गरेका छन् । उनले नेकपा एमाले केपी ओलीले अदालतको सेटिङमा जन्माएको बताएका छन् ।
ओलीको सेटिङमा अदालतबाट एमाले पार्टी जन्मिएको टिप्पणी उनले गरेका हुन् । बागलुङ ३ का उम्मेदवार समेत रहेका पौडेलले ताराखोलामा चुनावी कार्यालयको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘एमाले र माओवादी पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपी ओलीलेले सेटिङमा अदालतबाट पुरानै अवस्थामा फर्काए ।’
ओली र एमालेका नेताहरूले सरकारलाई परमादेशको भन्दै प्रचार गरेको प्रति उनको आपत्ति थियो । परमादेशको सरकार भन्दै एमालेले प्रचार गरेकोप्रति संकेत गर्दै उनले भने ‘एमाले हो कि ? सरकार हो परमादेशको ? ’