विप्लव नेकपामा महासचिव बन्ने कोही निस्किएन - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

विप्लव नेकपामा महासचिव बन्ने कोही निस्किएन



काठमाडौँ- नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ नै चयन भएका छन् । कपिलवस्तुमा आयोजित महाधिवेशनबाट विप्लव नै महासचिवमा चुनिएका छन् ।

नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला उनै विप्लवले नेकपाको नेतृत्व गर्ने भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरू काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ ।

नवौँ महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृह क्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।