जसपाका शुद्धोधन गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश
बुटवल- निर्वाचन नजिक आउँदा रुपन्देहीका जनता समाजवादी पार्टी (जसपा)का नेता भरथरी यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गाउँपालिका अध्यक्षका उम्मेदवार समेत बनेका जसपा शुद्धोधनका अध्यक्ष यादवलाई आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी प्रवेशको टीका लगाई स्वागत गरेका छन् ।
यादव शुद्धोधनमा राम्रो प्रभाव भएका नेता हुन् । उनी जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए । यसअघि शनिबार रुपन्देहीभरिबाट १ सय बढी युवा कांग्रसमा प्रवेश गरेका छन् ।
शुक्रबार मात्रै राप्रपाको सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
निर्वाचन नजिकिएसँगै गृहमन्त्री खाँणले प्रचारप्रसार र पार्टी प्रवेशलाई तीव्रता दिएका छन् ।