निर्वाचन अधिकृतविरुद्ध बुटवलमा धर्ना
बुटवलमा निर्वाचन आयोगले दुई उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि न्याय माग्दै धर्ना शुरु भएकोे छ । जनताकोे उम्मेदवारलाई न्याय दे भन्दै युवाहरूले धर्ना सुरू गरेका हुन् ।
लौरो अभियानका उम्मेदवार डा.कमल भुसाल (निकोलस) का समर्थक र नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङका समर्थकहरूले संयुक्त रूपमा धर्ना सुरू गरेका हुन् ।
रुपन्देही क्षेत्र न २ कोे निर्वाचन अधिकृतले राजनितिक प्रभावमा परेर उम्मेदवारी खारेज गरेको भन्दै लौरो अभियानका समर्थक र राजु गुरुङका समर्थकले निर्वाचन कार्यालय रहेको गेटमा धर्नामा बसेका छन् ।
धर्ना बस्नेहरूले बिभिन्न प्ले कार्ड बोकेका छन् ।प्ले कार्डमा निर्वाचन अधिकृत हो की आदेश पालक, निर्वाचन आयोग जनताकोे उम्मेदवार खोइज?, रातारात हस्ताक्षर चोरी राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ? लगायतका नारा लेखिएका छन् ।
डा. कमल र गुरुङको उम्मेदवारी बदनियतपूर्ण तरिकाले खारेज गरिएकाले उम्मेदवारी कायम गर्न अपिल समेत गरेका छन् ।
धर्नामा बसेकाहरूले न्याय नपाएसम्म धर्ना नछोड्ने बताएका छन् ।