अध्ययन भिसामा अष्ट्रेलिया जानेले अब निश्चित समय मात्र काम गर्न पाउने - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

अध्ययन भिसामा अष्ट्रेलिया जानेले अब निश्चित समय मात्र काम गर्न पाउने



अब अष्ट्रेलियामा विद्यार्थीहरूले पूर्णकालीन काम गर्न नपाउने भएका छन् । अष्ट्रेलियाले अध्ययन भिसामा आउने विद्यार्थीमाथि निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ।

यससँगै आगामी जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा धेरै काम गर्न पाउनेछैनन्। अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुको पढाइ र कामको सन्तुलन मिलाउनका लागि भन्दै यो नियम पुनः लागू गरिने बताएको हो।

यस वर्षको सुरुवातमा अष्ट्रेलियाको सरकारल विशेष औद्योगिक क्षेत्रमा देखिएको कर्मचारी अभाव पूरा गर्न विदेशी विद्यार्थीहरुलाई चाहेजति काम गर्न दिने नियम ल्याएको थियो।

गत महिना सरकारले उक्त नियम थप गर्ने निर्णय गरे पनि आगामी जुन ३० पछि भने पुनः विदेशी विद्यार्थीको लागि निश्चित समय मात्र काम गर्न दिइनेछ।

अष्ट्रेलियाको सरकारले विदेशी विद्यार्थीको लागि भिसा नीतिमा सुधार तथा भिसा प्रोसेसिङ र निर्णयमा हुने ढिलाइ न्यूनीकरणका लागि ३ करोड ६० लाख अष्ट्रेलियन डलरबराबरको बजेट छुट्याउने निर्णय गरेको छ।