सहमति विपरित उम्मेदवारी दिनेलाई पार्टीबाटै निष्काशन गर्ने गठबन्धनको निर्णय - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

सहमति विपरित उम्मेदवारी दिनेलाई पार्टीबाटै निष्काशन गर्ने गठबन्धनको निर्णय



सत्तारुढ गठबन्धन बैठकले सहमति विपरित उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएको छ। गठबन्धनको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकले निर्वाचन आयोगले तोकेको समय (बुधबार दिउँसो १ बजे) भित्र उम्मेदवारी फिर्ता नलिए सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले ती उम्मेदवारहरुलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो।

गठबन्धनमा सहमती भए अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत सदस्यहरुलाई समय सिमा भित्र उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको हो।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द«)का अध्यक्ष पुष्प कमल दाहाल, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपस्थिती थियो।