मिनेन्द्रले खोले देउवाले आफूलाई टिकट नदिनुको रहस्य - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मिनेन्द्रले खोले देउवाले आफूलाई टिकट नदिनुको रहस्य



काठमाडौं– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा समापति शेरबहादुर देउवासँग पहिलेदेखि नै दरार रहेको संकेत गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै रिजालले सभापतिसँगको मनमुटावकै कारण नै आफूलाई प्रतिनिधि सभाका लागि टिकटबाट बञ्चित गरिएको आसय प्रकट गरेका छन्।

रिजालले अर्थ समितिको संयोजकबाट दिएको राजीनामा पत्र र राजीनामा स्वीकृत गरिएको पत्र सार्वजनिक गर्दै आफूले टिकट नपाउनुको कारणसँग जोडेका छन्।

उनले भनेका छन्, ‘हाम्रो दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधि सभाको निर्वाचनमा किन उम्मेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला परे, पोष्ट गरेको छु।’

अर्थ समितिको संयोजक हुँदा देउवा बेखुशी भएको महशुस गर्दै रिजालले राजीनामा दिएका थिए। तर देउवाले आफू खुशी भएको भन्दै राजीनामा पत्र स्वीकृत गरेका थिए।