रुपन्देही-५ मा मनोनयन दर्ता गर्न पुगेका बासुदेव घिमिरेको टिकट एमालेले खोस्यो
काठमाडौं- नेकपा एमालेले रुपन्देही-५ को टिकट बासुदेव घिमिरेलाई दिइएको टिकट अन्तिम समयमा खोसिएको छ ।
उनलाई दिइएको टिकट अन्तिम समयमा खोसेर खिमलाल भट्टराईलाई दिएको छ । रुपन्देही-३ बाट घनश्याम भुसाल र तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको नाम सिफारिस भएको थियो ।
रुपन्देही-३ मा एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गर्यो ।शनिबार भुसालले पार्टी परित्याग गरेको घोषणा गरेपछि घिमिरेलाई रुपन्दही-५ को टिकट दिने भनिएको थियो ।
घिमिरेले उम्मेदवारी दर्ताको तयारी गरेका थिए । तर तयारी गर्दागर्दै उनको टिकट खोसेर भट्टराईलाई डिइएको छ ।
तर उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर उनको टिकट खोसिएको छ र खिमलालले नै टिकट पाएका छन् । भट्टराई राष्ट्रियसभामा एमाले संसदीय दलका नेता समेत थिए ।