देउवाले खोसे स्वर्णिम वाग्लेको टिकट - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

देउवाले खोसे स्वर्णिम वाग्लेको टिकट



काठमाडौँ- नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट नदिएपछि तनावमा परेका छन् । अन्तिम समयमा आएर उनलाई हेरेको हेर्‍यै बनाइएको छ ।

चितवन-१ बाट सिफारिस भएर पार्टीले पनि टिकट दिने चर्चाबीच उनलाई कांग्रेसले उम्मेदवार नबनाउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट वाग्लेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन इन्कार गरेका हुन् ।

उम्मेदवार चयनको प्रक्रियामा चितवन–१ बाट सिफारिस भएका वाग्लेले काठमाडौं–५ वा गोरखा–१ बाट भएपनि उम्मेदवार बन्ने चाहना देखाएका थिए ।

तर कांग्रेसले चितवन–१ बाट विश्व पौडेललाई उम्मेदवार बनाएको छ भने काठमाडौं–५ बाट प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ ।
गोरखा–१ मा कांग्रेस उम्मेदवारको टुंगो नलागेको भएपनि वाग्लेले आफूले टिकट नपाउने निश्चित भएको बताए ।

‘अब मैले कांग्रेसबाट टिकट नपाउने निश्चित भयो । सभापतिजीले रोक्नुभयो भन्ने कुरा छ,’ वाग्लेले भने । उनले स्वतन्त्र उम्मेदवारी दिने वा नदिने भन्नेबारेमा अहिले निर्णय गरिनसकेको बताए ।

०७५ मा सभापति देउवाबाटै पार्टीको महासमिति सदस्य मनोनीत भएका वाग्ले अहिले भने नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग निकट थिए ।

नेता कोइरालाले वाग्लेलाई टिकट दिलाउन लबिङ गर्दै आएका थिए ।