मोरङ एमालेका २० नेताले एकसाथ छोडे पार्टी - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मोरङ एमालेका २० नेताले एकसाथ छोडे पार्टी



प्रदेशसभाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मोरङका एमाले नेता डिल्लीराम शर्माले पार्टी छाडेका छन्।

मोरङ क्षेत्र नम्बर १ ‘ख’ का लागि स्थानीय कमिटीले आफ्नो नाम सिफारिस गरेकोमा पार्टीका केही व्यक्तिको स्वार्थका कारण पूर्वाग्राही ढंगले टिकट वितरण गरिँदा आफू अन्यायमा परेको उनले जनाएका छन्।

स्थानीय पार्टी कमिटीको सिफारिस, नेता कार्यकर्ताको सल्लहा र आग्रहविपरीत एकतर्फी रुपमा टिकट वितरण गरिएको भन्दै त्यसलाई नस्वीकार्ने उनले बताएका छन्।

उनले २०३५ सालअघिबाट जोडिएको एमाले छाडेको घोषणा गर्दै अब स्वतन्त्र जीवन जिउने पनि उल्लेख गरेका छन्।

त्यसैगरी यही क्षेत्रको प्रदेशसभाको टिकटलाई लिएर असन्तुष्टि जनाउँदै अन्य १९ जना एमाले नेताले पनि पार्टी छाडेका छन्।

पार्टी छाड्नेहरुमा एमाले मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष देवीलाल लिम्बुसहित १९ जना रहेका छन्।

उनीहरुले प्रदेश सभाका उम्मेदवार छनोटमा मनोमानी र एकलौटी गरिएकाले त्यसलाई आफूहरुले सहन नसक्ने उल्लेख गरेका छन्।