राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना
राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। एकाएक भाइरल ज्वरो आएका कारण उनलाई भर्ना गरिएको बताइएको छ ।
भण्डारीलाई शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएको स्रोतले बतायो।
भाइरल ज्वरोका कारण उहाँ अस्पतालमा भर्ना गरिएको र परीक्षण भइरहेको छ बताइएको छ।
भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हुनाले भर्ना गरिएको स्रोत बताउँछ ।