एमालेले दिएन साथ, कमल थापाको हरिबिजोग
कमल थापा नेतृत्वको राप्रपा नेपालमाथि ठूलो तनाव थपिएको छ । तालमेल गर्ने वचन दिएको नेकपा एमालेले वास्ता नगरेपछि कमल थापा एक्लिएका छन् ।
एमाले अध्यक्ष ओलीको गुणगान गाएर भएपनि चुनावी तालमेल गराइछड्ने थापाको प्रयास असफल भएको छ । ओलीसँग निकटता बढाएर मकवानपुरमा एमालेको साथ खोजेका राप्रपा नेपालका अध्यक्ष थापाको रणनीति सफल हुन सकेन ।
एमालेले मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभाको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मकवानपुर जिल्लामा कुनै पनि दलसँग तालमेल नगर्ने गरी पार्टीले संघ र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।
मकवानपुर १ रामेश्वर राना उम्मेदवार बन्ने भएका छन्। राप्रपा नेपालका अध्यक्ष थापाको निर्वाचन क्षेत्र पनि यहि हो । प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेशकुमार बतौलालाईं उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैगरी क्षेत्र नम्बर–१ को (क) मा एमालेका बागमती प्रदेश सदस्य कमलबहादुर विष्ट र (ख) मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को (क) मा बिष्णु ढुकाल र (ख) मा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।