सुर्य थापाले पाए प्रतिनिधि सभाको टिकट
काठमाडौं- नेकपा एमालेका नेता सुर्य थापाले पनि प्रतिनिधि सभाको लागि टिकट पाएका छन् । एमालेका भेट्रान नेताहरूले टिकट नपाउँदा उनले भने बाजि मारेका छन् ।
प्रतिनिधि सभाका लागि प्युठानबाट नेता थापालाई प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने भएको छ ।
एमाले नेताहरुका अनुसार सूर्य थापाले पाए प्युठानबाट टिकट पाएका हुन् ।उनी एमालेका प्युठान जिल्ला इन्चार्ज पनि हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा उनका प्रेस सल्लाहकार थिए ।