घनश्याम भुसाललाई पनि ओलीले दिएनन् टिकट
काठमाडौं- केपी ओलीका कट्टर आलोचक मानिएका नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले पनि टिकट नपाउने भएका छन् ।
मङ्सिर ४ मा हुने निर्वाचनमा भुसाललाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ । उनी ओलीको आलोचक भएकैले टिकटबाट बन्चित गरिएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् ।
स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।
एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्दै १० औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिइएको छैन ।
उनी अछाम–१बाट सर्वसम्ममत सिफारिस भएपनि झपट बोहोरलाई टिकट दिइएको छ ।