देउवाका खास व्यक्ति नै एमालेको समानुपातिक सूचीमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका व्यक्ति नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन् ।
देउवाले संगठन विभागको उपप्रमुख बनाएका देवीप्रसाद भट्टचन एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीमा समावेश गरिएका छन् ।
प्रभु समूहका अध्यक्ष रहेका व्यवसायी भट्टचनलाई अघिल्लो कार्यकालमा कांग्रेस सभापति देउवाले पार्टीको संगठन विभाग उपप्रमुखमा मनोनयन गरेका थिए । गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख बनेका थिए ।
बैंकर भट्टचन एमालेको बन्दसूचीमा रहेको भेटिएको छ । भट्टचनको नाम जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छ ।
बागलुङका भट्टचन सफल व्यवसायी हुन् । बैंक, बीमा, हेलिकोप्टरलगायत क्षेत्रमा उनको व्यवसाय छ ।