एमालेकी प्रभावशाली नेतृ गंगा चौधरीले छोडिन् पार्टी - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

एमालेकी प्रभावशाली नेतृ गंगा चौधरीले छोडिन् पार्टी



नेकपा एमालेकी प्रभावशाली नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्। उनले पार्टी छोडेपछि एमाले दाङमा तनाव उत्पन्न भएको छ ।

उनले आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्।

‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्।

चौधरी दाङ–१ बाट स्वतन्त्र उम्मेद्वार बन्ने उनको भनाई छ । उनले भनेकी छन्, ‘हामीजस्तो कार्यकर्तालाई पार्टीले मुल्याकंन नगरेपछि यो निर्णय गरेको हुँ, बाहिरबाट ल्याएर उम्मेदवार ल्यायो भने कसलाई स्वीकार्य हुन्छ र?’

उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन्।