कांग्रेसले बनायो उम्मेदवार छनोटको मापदण्ड, कस्ता नेताले पाउँदैनन् टिकट ? - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

कांग्रेसले बनायो उम्मेदवार छनोटको मापदण्ड, कस्ता नेताले पाउँदैनन् टिकट ?



काठमाडौं– नेपाली कांग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो ।

जसमा भनिएको छ, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार नबनाउने ।’

विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ ।

साथै कांग्रेसले स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवस निश्क्रिय बसेका सदस्यहरुलाई पार्टीमा पूर्ववत रुपमा सपिक्रय हुन आह्वान समेत गरेको छ ।

उम्मेदवार छनोटका लागि कार्यसम्पादन समितिको अर्को बैठक २० असोजमा बोलाइएको छ ।