बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी, यसकारण विषेश छ आज - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी, यसकारण विषेश छ आज



काठमाडौं- आज बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी। आइतबार कालरात्रि देवीको पूजा आराधना गरिँदै छ।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ।

कालरात्रिको स्वरूप भयंकरको छ। कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने गर्छिन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ।

चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास छ।

महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ। विद्याका सामग्री, पुस्तक, अभ्यासपुस्तिका र कलमको पनि पूजा गरिन्छ।

यसै दिन भद्रकालीको आराधना पनि गरिन्छ। शक्तिपीठहरूमा पशु बलिसहितको पूजा पनि चल्छ।