गगन थापालाई देउवाले तोरीका फुल देखाईदिए- गोकुल बास्कोटा - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

गगन थापालाई देउवाले तोरीका फुल देखाईदिए- गोकुल बास्कोटा



नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन्।

पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता र नागरिक समाजका अगुवाहरुप्रति कटाक्ष गरेका हुन्।

उनले विशेषगरि कांग्रेस नेता गगन थापालाई लक्षित गरि टिप्पणी गरेका छन् । एमालेको “सरकार हुँदा सरकार चलाउन हामीले सुकाउछौँ” भन्दै गगनले गरेको भाषणलाई इंगित गर्दै सरकार चलाउन सिकाउनेलाई तोरीका फुल देखाएको टिप्पणी गरेका छन् ।

बास्कोटाले सरकार चलाउन सिकाउँछौँ भन्ने कांग्रेस नेताहरु थापा र डा. मिनेन्द्र रिजालप्रति पनि व्यंग्य गरेका छन्।

‘बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्’, उनले भनेका छन्, ‘सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्।’

नेता बास्कोटाले नागरिक समाज भनिनेहरुलाई पनित कुम्भकर्णको संज्ञा दिएका छन्। सरकारको बेथिति र नागरिकहरु अनेक महामारीको मारमा पर्दा समेत नबोलेको भन्दै नागरिक समाजलाई निद्रामा रहेका कुम्भकर्णको संज्ञा दिएका हुन्।

‘देश जोगाउन माझी खोज्न हिँडेकाहरु कांग्रेसी आँगनमा देउसी खेल्दै छन्’, उनले भनेका छन्, ‘रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।’