आफ्नो पार्टीबाट राजीनामा दिएका मिश्रको भविष्यबाणी- माओवादी देशबाट पत्तासाफ हुन्छ - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

आफ्नो पार्टीबाट राजीनामा दिएका मिश्रको भविष्यबाणी- माओवादी देशबाट पत्तासाफ हुन्छ



विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिँदै माओवादी देशबाट पत्तासाफ हुने भविष्यबाणी गरेका छन् ।

देशको भविष्यबाणी सहित राजीनामा दिएका विवेकशील साझा पार्टीका पूर्वाध्यक्ष मिश्रले हालकी पार्टी अध्यक्ष समिक्षा बास्कोटालाई सम्बोधन गर्दै असोज १० गते एकाएक राजीनामा दिए। 

पार्टी छोड्ने निर्णय जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय भएको उनको भनाइ छ। राजीनामा दिने क्रममा मडरेट कन्जरभेटिभ राष्ट्रवादी शक्ति निर्माणका लागि आफूले पार्टीबाट राजीनामा दिएको मिश्रले उल्लेख गरेका छन्।

लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन” पूर्व सञ्चारकर्मी समेत रहेका मिश्रले भनेका छन्। 

नेपाली राजनीतिमा अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने उनको विश्लेषण छ। बायाँ ध्रुवमा नेपाली कांग्रेस र नेकपा एमाले रहने तथा माओवादी केन्द्र यी दुईको बीचमा केही वर्ष माओवादी केन्द्र पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने तर समयक्रममा त्यो कि साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने मिश्रको निश्कर्ष छ। कांग्रेस र एमालेको विपरित दायाँ ध्रुव मडरेट कन्जरभेटिभ  शक्ति रहने उनको दाबी छ। 

राष्टिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला मिश्रले राजीनामा दिएका हुन्।