राप्रपा र विवेकशील साझाबीच पार्टी एकता गर्ने निर्णय, रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाबीच पार्टी एकता हुने भएको छ । राप्रपाले पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ ।
विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग राप्रपाले पार्टी एकता गर्ने भएको हो । आज बसेको कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने निर्णय गरेको बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाबीच लामो समयदेखिको छलफल चलिरहेको थियो । भोलि नै दुई पक्षबीच सम्झौता हुने बताइएको छ ।
यसअघि मिश्रलाई अध्यक्षभन्दा दोस्रो वरियतामा रहने गरी सहअध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर, राप्रपाभित्र त्यसमा सहमति हुन सकेन । अहिले वरिष्ठ उपाध्यक्ष बनाउन भने सबैजना तयार भएका छन् ।