१ कठ्ठा जग्गा भएका प्रचण्डले कसरी बनाए ६ कठ्ठामा नयाँ घर ?
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सरेका छन् । उनी आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका हुन्।
भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा प्रचण्ड र पत्नी सीता दाहाल सरेका हुन्। यसअघि उनी भाडामा बसेका थिए। यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए।
प्रतिनिधि सभाको निर्वाचन आउँदै गर्दा प्रचण्डको नयाँ घर सराइलाई अर्थपूर्ण मानिएको छ। चितवन क्षेत्र नम्बर ३ स्थित आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्डले घर बनाएर सरेपछि स्थानीय खुसी भएका छन्। नयाँ एकतले घर बनाइएको ६ कठ्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको बताइएको छ।
तर प्रचण्डले २०७३ सालमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको १ कठ्ठा जमिन मात्रै भएको उल्लेख गरेका थिए । उनले चितवनमा एक कठ्ठा जमीन रहेको उल्लेख गरेका छन् । तर अहिले बनेको घर भने ६ कठ्ठामा बनेको छ ।
मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ। उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्याशदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन्।
आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्।
बिरामी पत्नी सीतासँगै उनी चितवन पुगेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तासँग भेटघाटलाई उनले तीव्र पारेका छन्।
पछिल्लो समय जिल्लाका केही चर्चित नेताहरुले माओवादी छाडेर एमालेतिर लागेपछि प्रचण्डलाई चुनौती थपिएको छ।