निर्वाचन नहुन सक्ने संकेत गर्दै प्रचण्डले भने- प्रतिगामीहरू लागिपरेका छन् - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

निर्वाचन नहुन सक्ने संकेत गर्दै प्रचण्डले भने- प्रतिगामीहरू लागिपरेका छन्



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउने प्रयास भइरहेको भन्दै निर्वाचन नहुने संकेत गरेका छन् । उनले संविधान नै उल्ट्याउने प्रयास भइरहेको र यसमा विभिन्न तत्व लागिपरेको बताएका हुन् ।

प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले संविधान उल्टाएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भैरहेको बताए। हरेक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने खतरा भइराख्ने भएकाले त्यस्ता तत्वहरू अहिले सक्रिय भएको जिकिर गरे।

संविधान नै उल्ट्याउने षड्यन्त्रका पछाडी प्रतिगामीहरू ;आगिपरेको उनको तर्क थियो । उनले भनेका छन्, ‘एक थरी प्रतिगामी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला। परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन्।’

उनले परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको बताए। उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले भ्रामक सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने सम्भावना देखिएको छ।’

‘संघीयता र गणतन्त्र धरापमा पर्ने हो कि छ। तर, स्थानीय तह निर्वाचनमा जनताले यसको कडा प्रतिवाद गरेका छन् । अब मंसिर ४ मा पनि नतिजा पक्षमै आउँछ, तरपनि त्यस्ता तत्वहरू सक्रिय छन्’ प्रचण्डले भने ।

कार्यक्रममा प्रचण्डले अब जनताले फैसला गर्ने दिन आएको बताए।