ओलीले आफ्नै १२ बजाउँदा समर्थकले ताली बजाएपछि…
काठमाडौं- समकालिन राजनितिज्ञहरूमा रणनीति र सटिक भाषणमा अब्बल मानिने एमाले अध्यक्ष केपी शर्मा ओली बेला बेला चिप्लिएका थुप्रै उदाहरण छन् । कहिलेकाहीँ उनेल गरेका तर्क र तथ्यहरूले विवाद सिर्जना गरेका उदाहरण पनि छन् ।
दर्शक र समर्थकलाई हौस्याउनकै लागि उनेले अनेक फण्डा प्रस्तुत गर्छन् । सत्ता गठबन्धनका कारण एमालेका लागि चुनौतीपूर्ण बन्दै गएको चुनावी परिणामले उनलाई कहिले काहिँ सताउने गरेको छ । यहि तनावले पनि उनी पटकपटक चिप्लिएको पनि हुनसक्छ ।
तर देशको पूर्वप्रधानमन्त्री र एउटा शक्तिशाली पार्टी नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले यसरी गलत तथ्य प्रस्तुत गर्दा त्यसको खास असर पर्छ । बिहिबार भएको एउटा घटना पनि रोचक छ ।पूर्वआईजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले दिएको तथ्य नै गलत भएको खुलेको छ ।
एमालेको मुख्य चुनौती बनेको गठबन्धनलाई हतोत्साहित गर्न र आलोचना गर्नका लागि उनले प्रस्तुत गरेको तथ्यले उनलाई चर्को आलोचनामा पापेको छ ।
सत्ता गठबन्धनमाथि दोष थोपर्ने क्रममा उनले संविधानमा भएको तथ्य न गलत भएको भेटिएको छ । उनले सहारा लिएको संविधानको धारामै ओली चिप्लिएका छन् ।
बिहीबार आयोजित कार्यक्रममा ओलीले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विषयमा पनि उनी बोले तर के बोलेँ भन्ने भेउ उनले पाएनन् । न त सुन्नेहरूले यसको भेउ पाए । जब यहि तथ्यमा विवाद भयो बल्ल खुल्यो राज । विवादले प्रमाणित गर्यो ओली कत्ती हचुवामा बोल्छन् भन्ने ।
राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेर सत्ता गठबन्धनमाथि दोष थोपार्दै उनले सरकारको समेत आलोचना गरे । तर आलोचनामा जुन धाराको उल्लेख गरे त्यो नै गलत थियो ।
सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको आरोप ओलीले लगाए । तर, ओलीले सहारा लिएको यो धारामा उनले भन्न खोजेको विषय नै छैन । उनले भनेको धारामा नागरिकताको ना पनि उल्लेख छैन ।
ओलीले उल्लेख गरेको संविधानको धारा १८१ मा प्रदेशसभा सदस्यको अयोग्यातासम्बन्धी निर्णयको विषय छ । तर सरकारले धारा १८१ मा भएको प्रदेशसभा सदस्यको अयोग्यातासम्बन्धी विषय उल्लंघन गरेको हो भने यसको सम्बन्ध नागरिकताको विषयसँग कसरी मिल्छ ?
ओलीले धारा १८१ सरकारले उल्लंघन गरेकाले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको भन्दै गर्दा हलमा ताली त बज्यो यसै गलत तथ्यको कारण ओलीको १२ बज्यो।