गगनले भने- राज्यले नागरकमाथि नै विभेद गरेको छ - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

गगनले भने- राज्यले नागरकमाथि नै विभेद गरेको छ



विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेश गएर कमाएर ल्याउनेहरुको पैसा राज्यले ढाट थापेर लिने तर दोहनकारी भूमिका निभाएको बताएका छन् ।

विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रममा वक्ताको रूपमा बोल्दै थापाले भने, ‘विदेश गएर कमाएर ल्याउनेहरुको पैसा राज्यले ढाट थापेर लिन्छ’, थापाले भने ‘एक दुई उद्योगी पोस्न बर्सौ चलेका उद्योग विराटनगरमै बन्द गरिए।’

उनले राज्यले दुःख दिने नभएर सहयोग गर्नुपर्ने तर्क गरे। नेपालको संविधान बनेपछिका पाँच वर्ष खेर गएको भन्दै सबैले आ–आफ्नो जिम्मेवारी लिनुपर्ने थापाले बताए।

नेपालको औसत उमेर २४ वर्ष भएको भन्दै थापाले अर्थतन्त्रलाई अहिले यो उर्बर समय भएको बताए। नेपालका बहुसंख्यक नागरिकलाई कृषिको आधुनिकिकरण गरेर उत्पादन हुँदै सेवामा ल्याउने अबको आवश्यकता भएको थापाले बताए।

उनले भने, ‘तर अहिले कृषिबाट आएकाहरु उत्पादनमा नलागी सेवामा कम पैसामा लागेका छन् ।’ देशको आयात ५०–६० प्रतिशत बढेको छ। आर्थिक वृद्धि चै ३द्द४ प्रतिशत मात्रै भएको थापाले बताए।