जसपाका कोषाध्यक्ष कांग्रेस प्रवेश - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

जसपाका कोषाध्यक्ष कांग्रेस प्रवेश



जनता समाजवादी पार्टी (जसपा) भोजपुरका कोषाध्यक्ष अगमसिंह राई नेपाली कांग्रेस प्रवेश गरेका छन्।

राई शुक्रबार कांग्रेस प्रवेश गरेका हुन्। रुद्राक्ष व्यवसायी संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका राईलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश गर्दै राईले महामन्त्री थापाप्रति ठूलो आशा र भरोसा रहेको बताए।

उनले भने, ‘महामन्त्रीज्यू, हामी तपाईंको विश्वास र भरोसाका साथ कांग्रेस प्रवेश गरेका छौं। हामीलाई विश्वास छ- महामन्त्रीज्यूले कांग्रेसलाई जनताको पार्टी बनाउनु हुनेछ।’

सफल व्यवसायीको परिचय बनाएका राई भोजपुरमा लोकप्रिय मानिन्छन्।

उनीसँगै युवा उद्यमी दीपबहादुर राई पनि कांग्रेस प्रवेश गरेका छन्। उनीहरुलाई महामन्त्री थापासँगै कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा, सचिव सफल किँरात, तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष उत्तमकुमार चापागाईँ लगायतका नेताहरुले स्वागत गरेका थिए।