काठमाडौ जिल्ला बारको रक्तदान तथा शुभकामना आदानप्रदान - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

काठमाडौ जिल्ला बारको रक्तदान तथा शुभकामना आदानप्रदान



काठमाडौ जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा शुक्रबार बबहरमहल बार परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नजिकिदै गरेको बिजयादशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको काठमाडौ जिल्ला बारकी सहसचिव तथा रक्तदान कार्यक्रम संयोजक अञ्जु रेग्मी अर्याल बताइन्।

उक्त कार्यक्रममा रक्तदान गर्नेमा, नेपाल बार एसोसिएसनको महासचिव अन्जिता खनाल, विशेष अदालत उपाध्यक्ष राधिला खतिवडा, भक्तपुर बार अध्यक्ष रबिन्द्र प्रधान लगाएत ४० जनाले रक्तदान गरेका थिए । काठमाडौ बारले विगतदेखि नै विभिन्न कानुनी तथा सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी समयमा पनि कार्यक्रमहरु निरन्तर गरिने सचिव उज्वलराम श्रेष्ठले बताए।

चियापान तथा शुभकामना आदानप्रदानमा महान्यायाधिवक्ता, नेपाल बारको पदाधिकारी, पाटन बार अध्यक्ष शान्तिराम खतिवडा, भक्तपुर बार अध्यक्ष रबिन्द्र प्रधान, सहसचिव गीता तिमिल्सिना, सदस्य अनिस सुवाल, अन्य इकाई बारका सदस्यहरु, नेपाल डेमोक्रेसी लयर्श एशोसिएशन अध्यक्ष योगेन्द्र बहादुर अधिकारी, सर्बोच्च डिएलए अध्यक्ष तेजनाथ धमला डिएल काठमाडौ अध्यक्ष पदाधिकारी, पेशागत प्रगतिशील कानुन ब्यवसायी सङठनका कानुन ब्यवसायीहरु, नेपाल बारका पुर्व अध्यक्ष प्रेम बहादुर खड्का, हरीहर दहाल, सेर बहादुर केसी, काठमाडौ बार एशिसिएशनका पुर्व कार्यसमितिका पदाधिकारी एवम सदस्य, लगाएत वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु गरी करीब ५ सय जनाको सहभागीता रहेको थियो।