राष्ट्रपतिलाई कमल थापाको साथ - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

राष्ट्रपतिलाई कमल थापाको साथ



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरेका छन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो टिप्पणी गरेका हुन्। उनले राष्ट्रपतिको यो निर्णय राजनीतिक रुपमा विवादमा परे पनि इतिहासले प्रशंसा गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान/राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको छ। राजनीतिकरुपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ।’

पूर्वराजा वीरेन्द्रलेसमेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको विदितै स्मरण गराएका छन्।