मिलन पाण्डे समूह अर्कै पार्टीबाट चुनाव लड्ने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मिलन पाण्डे समूह अर्कै पार्टीबाट चुनाव लड्ने



विवेकशील पार्टीका मिलन पाण्डे समूहले साझा पार्टीबाट निर्वाचन लड्ने भएको छ। 

४ मंसीरको चुनावमा प्रभाष बस्न्यातले नेतृत्वको गरेको साझा पार्टीबाट प्रतिस्पर्धा गर्ने तय भएको असोज ३ गते जारी विज्ञप्तीमा उल्लेख छ। यो पार्टीले निर्वाचन आयोगबाट एक जोडी पाइला चिह्न पाएको छ।
 
मिशन बागमती बनाएर चुनावमा होमिन लागेको मिलन पाण्डे, प्रभाष बस्न्यात र नागरिक अभियानको तर्फबाट जगन्नाथ लामिछानेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। 

“सशक्त प्रदेशहरू नबनेसम्म संवृद्ध देश बन्न सक्दैन भन्ने निष्कर्ष सहित, विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा लगाउने निर्णय गरेको छ”, विज्ञप्तीमा भनिएको छ, “यो चुनावमा हामीले विवेकशील अभियान #MissionBagmati  लक्ष्यका साथ बागमती प्रदेशमा मात्र आफ्ना उम्मेद्वारहरु घोषणा गर्ने छौ। बागमती प्रदेशमा सामर्थ्यवान् सरकार निर्माण गर्नु हाम्रो यो निर्वाचनको लक्ष्य हुनेछ।”