राष्ट्रिय स्वतन्त्र पार्टीले भोटिङबाट छान्यो समानुपातिक उम्मेदवार - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीले भोटिङबाट छान्यो समानुपातिक उम्मेदवार



काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरु ‘खुला प्रारम्भिक निर्वाचन’बाट छनौट गरेको छ।

हाल प्रचलनमा रहेको मोबाइल एपबाट अनलाइन भोटिङलाई प्रारम्भिक निर्वाचनको लागि साधनका रुपमा प्रयोग गरिएको स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जनाएका छन्।

‘खुला प्रारम्भिक निर्वाचन’ प्रक्रियाबाट खस आर्य खुला, खस आर्य महिला, आदिवासी महिला, आदिवासी खुला, थारु खुला, थारु महिला, मुस्लिम खुला, मुस्लिम महिला, मधेसी महिला, मधेसी खुला, दलित महिला, दलित खुला र पिछडिएको क्षेत्रका उम्मेदवार छानिएको पार्टीले जानकारी दिएको छ।