चोलेन्द्र सर्वोच्च फर्किन थालेपछि सर्वोच्चमा तनाव, सुरक्षा कडा पारियो - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

चोलेन्द्र सर्वोच्च फर्किन थालेपछि सर्वोच्चमा तनाव, सुरक्षा कडा पारियो



काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन थालेको खबरकापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

कार्यालय समय सुरु हुनुअगाबै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको बाक्लो परिचालन देखिन्छ । जबराले नियमित जिम्मेवारीमा सर्वोच्च फर्किने भन्दै खबर पठाएको र नेपाल बार एसोसिएसनले गेटमै अवरोध गर्ने चेतावनी दिएका बेला सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।

आफू सर्वोच्च अदालत फर्किरहेकोले आवश्यक तयारी गर्न सर्वोच्च प्रशासनलाई जबराले शनिबार साँझ फोन गरेर निर्देशन दिएका थिए । जबराले आइतबार बिहान कार्यालय आउने खबर दिँदै सर्वोच्च प्रशासनलाई तयारीका लागि प्रबन्ध मिलाउन फोन गरेको बताइएको छ ।

‘म भोलि देखि आउँदैछु,आवश्यक तयारी मिलाउनुहोला । जबराले सर्वोच्च प्रशासनलाई फोन गरेर भन्नुभएको छ’, स्रोतले भन्यो । यसबारे सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीश दिपक कार्की र बार नेतृत्वलाई अवगत गराएको थियो ।